एक्स एजको ब्रान्ड एम्बेस्डरमा ऐरी
काठमाडौं । एक्स एज नेपालले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले विगत एक वर्षदेखि नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको र सोही क्रममा ऐरीलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको जनाएको छ ।
एक्स नेपालले दक्षिण एसिया, मध्यपूर्व अफ्रिकामा किफायती मोबाइल फोन तथा एक्सेसोरिज सार्वजनिक गर्दै आएको छ । आफ्नो पहुँच विस्तार गर्दै सन् २०१९ मा कम्पनीले यूएसबी केवल, हेडफोन, पावर बैंक, पोर्टेबल स्पिकरका साथ नेपाली बजारमा प्रवेश गरेको थियो । सोही सालदेखि कम्पनीले विभिन्न प्रकारको बजेटमैत्री मोबाइल फोनहरू पनि बजारमा उपलब्ध गराउँदै आएको छ । अहिले कम्पनीले किफायती मूल्यमा स्मार्ट वाच र एलईडी टेलिभिजनद्वारा विद्युतीय उपभोगी वस्तुमा आफ्नो पहुँच पु-याएको छ । नेपाली क्रिकेट टोलीको एक ख्यातिप्राप्त खेलाडीसँगको समन्वयले कम्पनीले अझ धेरै बजार विस्तार गर्ने कम्पनीको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया