अमेरिका र चीनबीचको तनाव घटाउन ब्लिन्केन बेइजिङमा
अमेरिका । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले करिब पाँच वर्षयताकै उच्चस्तरीय भ्रमणको नेतृत्व गर्दै आइतबार चीन पुगी चिनियाँ अधिकारीहरूसँग वार्ता सुरु गरेका छन् । विश्वका दुई ठूला अर्थतन्त्र (अमेरिका र चीन)बीच व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा मतभेद रहेको अवस्थामा सञ्चार सुधार र द्वन्द्व रोक्न यो भ्रमण सफल हुने बताइएकोे छ ।
ब्लिन्केन र उनका सहयोगीहरूले बेइजिङको प्राचीन दियाओयुताई बगैंचामा अलङ्कृतरूपमा सजाइएको स्टेट भिल्लामा विदेशमन्त्री किन गाङलाई भेटेर दुईदिने भ्रमणको सुरुवात गरेका हुन् । ब्लिन्केनलाई चीनमा पुग्दा समकक्षी किनले स्वागत गरेका थिए । उनीहरूले दुवै मुलुकका राष्ट्रिय झण्डाको छेउमा उभिएर हात मिलाएका थिए ।
यसअघि अमेरिकी नीति निर्माताहरूले पार्टीगत आधारमा पहिचान गरेको देशसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र वासिङटनको विश्वव्यापी प्रभुत्वका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा आफूले ‘गलत अनुमान’ गर्न नचाहेको विदेशमन्त्री ब्लिन्केनले बताएका थिए । उनको यसै वर्षको सुरुमा फेब्रुअरीमा भ्रमण गर्ने कार्यक्रम तय गरेको भए पनि संयुक्त राज्य अमेरिकाले चिनियाँ जासुस बेलुन आफ्नो भूमिमा उडिरहेको भन्दै विरोध गरेपछि अचानक भ्रमण रद्द भएको थियो । बेलुनलाई पछि अमेरिकी सेनाले गोली हानी समुद्रमा खसालेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ब्लिन्केन चीनतर्फ जाँदै गर्दा बेलुन प्रकरणलाई कम महत्व दिँदै भने, ‘चिनियाँ नेतृत्वलाई यो कहाँ छ भन्ने थाहा थियो र यसमा के थियो र के भइरहेको थियो भन्ने थाहा थियोजस्तो मलाई लाग्दैन ।’ गत नोभेम्बरमा बालीमा भएको जी–२० शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङबीच भएको लामो र अत्यन्त सौहार्दपूर्ण भेटवार्तापछि आफूले उनलाई फेरि छिटै भेट्ने आशा व्यक्त गरेका थिए । उक्त अवसरमा बाइडेनले भने, ‘मलाई आशा छ, आगामी केही महिनाभित्र म सीसँग फेरि भेट्नेछु र हामीसँग भएका जायज मतभेदका बारेमा कुरा गर्नेछु ।’
बेइजिङकी सहायक विदेशमन्त्री हुवा चुनयिङले आइतबार ट्विट गर्दै यो बैठकले ‘चीन–अमेरिकालाई अघि बढाउन मद्दत पुग्ने’ राष्ट्रपतिबीच सहमति भएको सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गरे । दुवै नेताले आगामी सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिने सम्भावना छ र सीलाई नोभेम्बरमा अमेरिकाले एसिया–प्रशान्त आर्थिक सहयोग मञ्चको आयोजना गर्दा सान फ्रान्सिस्कोको भ्रमणका लागि निमन्त्रणा दिइएको छ ।
अमेरिका र चीनबीच व्यापार, प्रविधि र ताइवानलगायतका धेरै मुद्दाहरूमा मतभेदहरू छन् । बेइजिङले ताइवानलाई बलपूर्वक कब्जा गर्ने सम्भावनालाई नकारेको छैन र शीर्ष अमेरिकी सांसदहरूको कदमको प्रतिक्रियास्वरूप स्वशासित ताइवाननजिक अगस्टपछि दुई पटक सैन्य अभ्यास गरिसकेको छ ।
ब्लिन्केनको भ्रमणअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले वासिङ्टनले ‘चीनको मूल चासोलाई सम्मान गर्नुपर्ने’ र ‘चीनसँग शक्तिको स्थितिबाट व्यवहार गर्ने भ्रम त्याग्नुपर्ने’ बताएका छन् । चीनमा उच्चस्तरीय सेमीकन्डक्टरको निर्यातमा बाइडनको प्रतिबन्धबाट बेइजिङ विशेषगरी चिढिएको छ, अमेरिकाले सम्भावित सैन्य अनुप्रयोगहरूको डर र कम्युनिस्ट राज्यलाई अर्काे पुस्ताको प्रविधिमा प्रभुत्व जमाउनबाट रोक्ने लक्ष्य राखेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया