Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई दशमलव ९४ बिन्दुले खुम्चियो सेयर बजार

दुई दशमलव ९४ बिन्दुले खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लोगेको छ । अघिल्लो दिन ५२ दशमलव २६ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने दुई दशमलव ९४ अंकले ओरालो लागेर दुई हजार ९१ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ९२ दशमलव ३८ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको ६९ हजार एक सय ६८ पटक सेयर किनबेच भएको छ । जसअन्र्तगत एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, जललबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र ट्रेडिङ सहितका आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया