Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकावडा कार्यालयमा तालाबन्दी, सेवाग्राही मारमा

वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही मारमा


काठमाडौं । जिल्लाको गौरीशंकर गाउँपालिका २ जुंगुको वडा कार्यालयमा केही स्थानीयले तालाबन्दी गरिदिएपछि सेवाग्राही मारमा परेका छन् । वडा कार्यालय सार्न लागेको बहानामा पाँच दिनअघि लगाइएको ताला हालसम्म खुलेको छैन ।

वडाको केन्द्रको विषयमा विवाद उत्पन्न भएपछि हाल वडा कार्यालय रहेको भवनमा स्थानीयले गत जेठ ३२ गते कार्यालयमा तालाबन्दी गरेका थिए । वडाध्यक्षले हाल सञ्चालन भइरहेको ठाउँबाट वडा कार्यालय सार्न खोजेको उनीहरूको आरोप छ । वडा कार्यालय तालाबन्दी भएको पाँच दिन बितिसक्दासमेत वडा कार्यालय खुलाउन कसैले पहल नगर्दा सेवाग्राही समस्यामा परेको स्थानीय भीष्म खड्काले बताए । खड्काका अनुसार वडा कार्यालय प्रताप स्मृति प्रतिष्ठानको हलमा सार्न लागिएपछि विवाद उत्पन्न भएको हो । ‘हाल वडा कार्यालय स्वास्थ्य चौकी भवनमा रहेको छ । त्यहाँबाट प्रताप स्मृति प्रतिष्ठानमा सार्न खोजिएपछि विवाद बढेर तालाबन्दीको अवस्थासम्म पुगेको हो’, उनले भने ।

वडा कार्यालय तालाबन्दीको विषयमा गौरीशंकर गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको छ । न्यायिक समितिले अन्तिम निर्णय नदिएसम्म वडा कार्यालयमा लगाएको ताला नखुल्ने तालाबन्दी गर्नेहरूको भनाइ छ । गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति गौरीशंकरका संयोजक श्यामसुन्दर तामाङले आफू कामले जिल्लाबाहिर रहेकोे र मंगलबार पालिका पुगेर वडाको विवाद बुझेर समस्या समाधान गर्ने बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया