Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ

चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ


बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन् । दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’भन्दा विश्व समुदायको चाहनाअनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ ।

‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ’, चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनसँगको भेटमा भने । ब्लिन्केनले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा विदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । हालैका वर्षहरूमा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरूबीच व्यापार, प्रविधिदेखि ताइवानसम्मका विषयमा तनाव बढेको छ ।

चीनको सरकारी प्रसारक सीसीटिभीका अनुसार वाङले ब्लिन्केनलाई ताइवानसँग सम्झौता गर्ने कुनै ठाउँ नभएको बताएका छन् । सीसीटीभीले भनेको छ, ‘यस विषयमा चीनसँग सम्झौता गर्ने वा स्वीकार गर्ने ठाउँ छैन ।’


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया