डिजिटल बैंकिङसम्बन्धी कार्यशाला
काठमाडौं । फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्मचारीहरूलाई एक दिने कार्यशाला सञ्चालन गरेको छ । असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
कार्यशालाका स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा रहेका थिए । उनको कार्यपत्र नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो । पहिलो सत्रमा डिजिटल बैंकिङ ड्राइभर र डिजिटल इको सिस्टम इन नेपालसम्बन्धी प्रस्तुतीकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैकिङसम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतीकरण, तेस्रो सत्रमा सेटिङ अप डिजिटल बैकिङ प्रस्तुतीकरण साथै डिजिटल बैकिङसम्बन्धी केस स्टडिज र सहभागीहरूबाट प्रस्तुतीकरण रहेको थियो । यस्तो कार्यशाला नेपालमै पहिलोपटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलनराज नेपालीले जानकारी दिए । नेपालीका अनुसार वर्कसपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मनसुनी वायुको प्रभाव देशभर कायम
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
- उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल
- राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
- प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया