सिटिजन्स बैंक र वेबोर होम अप्लायन्सबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तीनकुने, काठमाडौंस्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले वेबोर होम अप्लायन्समा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीन वटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कामना सेवा विकास बैंकद्वारा मठमन्दिर र पार्क सरसफाइ
- बैंक खाताको विवरण कसैलाई नदिन सीआईबीको अनुरोध
- महालक्ष्मी विकास बैंकको तीन महिनाको नाफा नौ करोड
- सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नाफा २८ करोड
- ज्योति विकास बैंकको पहिलो त्रैमासिक नाफा १५ करोड ११ लाख
- कर्पोरेट डेभलमेन्ट बैंकको नाफा २१ लाख ६८ हजार
- गरिमा विकास बैंकको पहिलो त्रैमासिक नाफा २२ करोड ५७ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया