Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवामार्फत कारोबार गर्दा आइफोन–१४ जित्न सकिने

इ–सेवामार्फत कारोबार गर्दा आइफोन–१४ जित्न सकिने


काठमाडौं । इ–सेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै इ–सेवाले पहिलोपटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्न सकिने अफर ल्याएको हो ।

यसमा सहभागी हुन सेन्ड मनीबाहेक पहिलोपटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । साथै, यसमा प्रोमोकोड फस्ट १० प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १० प्रतिशतसम्मको क्यासब्याकसमेत पाउन सकिने छ । इ–सेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागू हुनेछ । यस सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आइफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ । प्रोमोकोडमार्फत प्राप्त हुने रकम २४ घण्टाभित्र सम्बन्धित व्यक्तिको इ–सेवा एकाउन्टमा जम्मा हुनेछ । भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इ–सेवाको पेजबाट गर्ने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया