Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारकृषिसम्बन्धी बिमाको अनुदानबापत अझै तीन अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी

कृषिसम्बन्धी बिमाको अनुदानबापत अझै तीन अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी


काठमाडौं । कृषि बिमा कार्यक्रम पुनः सञ्चालन आएको छ । नेपाल बिमक संघले विज्ञप्ति जारी गर्दै यसअघि रोकिएको कृषि बिमा कार्यक्रम सोमबारबाट पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको हो । संघले विज्ञप्तिमा भनेको छ, सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बिमा शुल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बिमाको अनुदान करिब तीन अर्ब बाँकी रहेको थियो ।

यो अवस्थामा बिमकहरूले अनुदान रकम पाउन बारम्बार पहल गर्दासमेत विभिन्न बहानामा अनुदान रोकिएकाले बिमक संघको निर्णयमा २०८० जेठ सात गतेदेखि कृषिसम्बन्धी बिमालेख जारी गर्न बन्द गरिएको थियो । यही जेठ ३० गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरूको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिबद्धता भएको र बिमालेख जारी गर्न आग्रह भएपछि बिमा सुरु गरिएको हो ।

सहमतिअनुसार केही गरी उक्त समयभित्र अनुदान रकम प्राप्त नभएमा पुनःबिमालेख बन्द गरिनेसमेत संघले दिएको छ । तसर्थ नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका विभागहरू तथा नेपाल बिमा प्राधिकरणलाई कृषि बिमाबापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरिदिनसमेत संघले आग्रह गरेको छ ।

 


क्याटेगोरी : बीमा बजार, बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया