Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता


काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने छ । सम्झौताअनुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि पाटन अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको जनाएको छ । बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप हेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकको हाल सातवटै प्रदेशमा एक सय ३२ वटा शाखा कार्यालय र एक सय २२ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया