रोजगारीका लागि तालिम
काठमाडौं । हुलास स्टिल–हिप्को सुपरबिल्ड स्टिल फ्याब्रिकेसन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुला भएको छ । नेपालको श्रम बजारको प्रमुख चुनौतीलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सिप कार्यक्रमअन्तर्गत नेपालको लुम्बिनी र मधेश प्रदेशमा तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुला भएको हो ।
यस कार्यक्रमले एक हजार तीन सय ४८ जनालाई श्रम बजारको मागअनुरूप तालिम र रोजगारी दिन लागेको बताइएको छ । यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्पाेरेसनअन्तर्गत हुलास स्टिल उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रूपमा कार्यान्वयन गर्दै आएका छन् । साथै, यसलाई नेपाल उद्योग परिसंघ र मेक इन नेपाल (स्वदेशी) अभियानले साझेदारी गरेका छन् । तालिम एक हप्ताको हुने बताइएको छ । तालिम वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम विशेष गरी स्टिल÷फलामका श्रमिक, महिला, अति निम्नआय भएका व्यक्ति र विपन्न वर्गलाई लक्षित गरिएको छ ।
तालिममा नेपाली नागरिकता भएका मधेश र लुम्बिनी प्रदेशमा बसोबास गरिरहेकाहरू सहभागी हुन सक्ने छन् । यो तालिम यही असारदेखि कार्तिकसम्म सञ्चालन हुनेछ । तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरूलाई आफ्नो व्यवसायको मागअनुसारको दक्ष कामदार प्रदान गर्ने दाबी आयोजनकको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया