यूके जानेहरूको मेडिकल जाँच अब नर्भिकमा
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि युनाइटेड किङडम(यूके) जानेहरूको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ । काठमाडौंस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेसनल हस्पिटललाई समेत यूके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो ।
नर्भिकसँगै यूके जानेहरूको मेडिकल जाँच इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन(आईओएम)मा पनि हुनेछ । अस्ट्रेलिया जानेहरूको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आईओएमले नै पाएका छन् । सम्बन्धन पाएसँगै नर्भिकले यूके जानेहरूको स्वास्थ्य जाँचको सुरुवात गरेको छ । अब यूके जानेहरूले नर्भिकमा मेडिकल जाँच गराउनका लागि अनलाइनबाट आफूलाई पायक पर्ने मिति बुक गर्न सक्ने छन् । अनलाइनमा देखिने खाली स्लटहरूमा आफूलाई उपयुक्त डेट बुक गरेपछि नर्भिकले सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनेछ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया