काठमाडौं । बजार घटे पनि होेटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । बुधबार सेयर परिसूचक नेप्से १४ अंकले घटेर दुई हजार ५० दशमलव ७८ विन्दुमा कायम भएको छ । तर, होटल तथा पर्यटन समूह चार दशमलव ८४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूहमा केही दिनदेखि नै आकर्षण देखिएको छ ।
कोभिड–१९ महामारीपछि बिस्तारै उठ्दै गएको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेपछि होटलहरूको व्यवसाय बढेको अनुमान बजारका लगानीकर्ताले गरेका छन् । यसबाहेक केही नीतिगत व्यवस्थाका कारण लघुवित्त र बीमा क्षेत्रबाट तत्काल राम्रो प्रतिफल प्राप्त गर्न नसक्ने देखिएपछि लगानीकर्ताले ती क्षेत्रको सेयर बेचेर पर्यटन क्षेत्रमा लगाएको हुनसक्ने विश्लेषण गरिएको छ ।
बुधबार पनि होटलअन्तर्गतका छवटै कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि देखिएकोे छ । सिटी होटलको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सोल्टी होटलको कारोबार १९ करोड रुपैयाँ नाघेको छ । बजार घटे पनि होटल तथा पर्यटनबाहेक जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार समूह पनि केही बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूह घटेका छन् ।
कारोबारमा आएका दुई सय १४ मध्ये एक सय ७९ कम्पनीको सेयरमूल्यमा आएको गिरावटले बजारलाई घटाएको हो । यसदिन तीन अर्ब ४९ करोड रुपैयाँको ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति २१ अर्बले घटेको छ । बजार पुँजीकरण ३० खर्ब तीन अर्बमा झरेको छ ।
बजार घटे पनि सिटी होटल सेयरधनीले सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले कमाएका छन् । त्यसपछि सोल्टी होटलको सेयरमूल्य सात दशमलव ४४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्रीन भेन्चर्सका सेयरधनी रहेका छन् । यो कम्पनीको सेयरमूल्य छ दशमलव ९८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको २३ करोड रुपैयाँको भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया