प्रसङ्ग : छात्रवृत्तिको विवरण अनि काठमाडौं महानगरपालिका
काठमाडौं । कुनै पनि स्कुलले वर्षभरमा विद्यार्थीलाई कति छात्रवृति दिने रहेछ ? कति महिनाको दिने रहेछ ? कसैले ११ महिनाको दिन्छन् होला, कसैले १२ महिनाको दिन्छन् होला । कसैले महिना फिबाट÷अनि कसैले ट्युसन फिबाट २५ देखि शतप्रतिशतसम्म पनि दिन्छन् होला । विद्यार्थीबाट स्कुलले विभिन्न शीर्षकमा शुल्क उठाउन सक्ने व्यवस्था छ । जस्तो मासिक शुल्क, अतिरिक्त कक्षा शुल्क, खाजा, प्राविधिक प्रयोश शुल्क इत्यादि । समयअनुसार विभिन्न शीर्षकमा महँगी फि बढेको पनि देखाउने रहेछ । रोचक कुरा त के रहेछ भने, यो अतिरिक्त कक्षा शुल्क (वर्गीकरण गरिएको शीर्षक जुन अरू शुल्कभन्दा न्यून)बाट नै छात्रवृत्ति दिने स्कुलको आफ्नै नियम देख्दा पो चुट्किला हिजो सुनेको आज हासो लागेजस्तो भयो । जबकि स्कुलले अरू शीर्षकमार्फत एकमुष्ठ शुल्क उठाएका हुन्छन् ।
सरसर्ती हिसाब गर्दा कुनै विद्यार्थीले छात्रवृत्ति पाइहाले पनि यतिसम्म हुने रहेछ कि एउटा विद्यार्थीबाट विद्यालयले पाउने रकमको ५ देखि सात प्रतिशत हुन आउने रहेछ । विद्यार्थीलाई ललिपप खान दिएको जस्तो गरे त स्कुलले ! ल फेरि अर्को नियम यस्तो नि हुने रहेछ, उठाउन त १२ नै महिनाको फि उठाउँछन्् विद्यार्थीबाट । तर पाउँछन ११ महिनाको मात्र छात्रवृत्ति रे । यस्तो छ स्कुलको भाषा । १०० प्रतिशतमा शत प्रतिशत नै दिनेलाई चाहिँ कुन शब्द प्रयोग गर्छन् होला स्कुलले ? झट्ट हेर्दा विद्यार्थीले छात्रवृत्ति त पाइहालेका छन् तर केलाउँदा पो अभिभावक सिधै ठगिएजस्तो देखियो । आखिर कसले केलाएका रहेछन् र ? तैचुप मैचुप स्याम्सुम् । हुटहुटी बोकेका उदाउँदो युवा मेयर बालेनसँग अब भने गुनासोको चाङ आएको छ । पारदर्शिता कायम नगरेको र झाराटारी मात्रै भएको महानगरको भनाइप्रति मेरो पनि एक मत छ । योबारेमा छड्के आउनु जरुरी छ । मलाई लाग्छ, छात्रवृत्तिसँगै कति छुट पाए त विद्यार्थीले? रकमसहित उल्लेख हुनु जरुरी छ । काठमाडौं महानगरपालिकाले यो बारेमा प्रत्येक स्कुलबाट छात्रवृत्ति पाउने विद्यार्थीको अभिभावकसँग समन्वय गर्दा छानबिन गर्न सजिलो हुने थियो कि ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया