थप एकसहित चार व्यक्ति कोरोना जितेर घर फर्किए
काठमाण्डौं,बैशाख ७
कैलालीमा एक युवा कोरोनामुक्त भएर आइतबार घर फर्किएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित एक युवक दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका चिकित्सकले फूल दिएर विदा गरेका हुन् ।
भारतबाट आएका उनलाई गत चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको हो । आइतबार काठमाडौंबाट एक र बागलुङबाट एक÷एक जना महिला पनि कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका थिए । यसअघि नै एक युवा कोरोनामुक्त भएर घर फर्किएका थिए । आइतबारसहित चार जना कोरोना रोग निको भएर घर फर्किएका छन् ।
जमात समूहको तथ्याङ्क बुझाउन निर्देशन
राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र आयोगलाई बुझाउन निर्देशन दिएको छ । आयोगको आइतबार बसेको बैठकले त्यस्तो निर्देशन दिएको हो । आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको अध्यक्षतामा बसेको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्याङ्क बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो ।
उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीन जना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष अन्सारीका अनुसार नेपालमा करिब १०० विदेशी धार्मिक जमात छन् । धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
- चीनको जीडीपी चार दशमलव छ प्रतिशत बढ्यो
- बजार परिसुचक २६ सय ९७ बिन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया