Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदआईसीसी एकदिवसीय विश्वकप छनोटःवेष्ट इण्डिजविरुद्ध नेपालले टस जितेर फिल्डङ गर्दै

आईसीसी एकदिवसीय विश्वकप छनोटःवेष्ट इण्डिजविरुद्ध नेपालले टस जितेर फिल्डङ गर्दै


काठमाडौं, आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाललले टस जितेर वेष्ट इण्डिजविरुद्ध फिल्डङ रोजेको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेका हुन ।
नेपाल टिम

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

नेपाली क्रिकेटमा यो सबैभन्दा बहुप्रतिक्षित खेल हो । नेपालले ५ वर्ष अघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो केवल दोस्रो खेल हो । यसै प्रतियोगितामा नेपालले जिम्बावेसँग खेलेको थियो । वेस्ट इन्डिजले १९७५ र १९७९ को पहिलो दुई संस्करणको विश्वकप जितेको थियो ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया