Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको बालिका शिक्षा योजना

सिटिजन्स बैंकको बालिका शिक्षा योजना


काठमाडौं । ग्रामीण नेपालका बालिकाहरूको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उपमहानगरपालिका बाँकेबीच ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण मुद्दती खाता योजनानामक कार्यक्रमका लागि सम्झौता भएको छ । सो योजनाको मुख्य उद्देश्य बालिकाहरूलाई बालविवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेकोले बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण मुद्दती खाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिका विविध कोषअन्तर्गत बालिकाहरूको नाममा मुद्दती खाता खोली कार्यविधिबमोजिमको रकम खातामा जम्मा गर्न सकिने बताइएको छ । बालिकाहरूको लागि बैंक खाता खोल्ने र उपलब्ध सबैभन्दा अनुकूल ब्याजदरमा पच्चीस हजारको मुद्दती निक्षेप राख्ने सहमति भएको छ ।

यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्ने छन् । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेरअघि विवाह नगर्ने बालिकाहरूलाई मात्र सो पत्र जारी गरिने बताइएको छ । बैंकले फैलिएका आफ्ना एक सय ८४ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४१ वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया