काठमाडौं । अनलाइन बजार दराजले ग्राहकलाई मध्यनजर गर्दै ‘पे–डेको झट्का’ अभियान घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभ प्राप्त गर्नको लागि ‘पे–डे’को सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
यो महिनामा पे–डेको झट्का अभियान ४ दिन (असार ७–१० गते) सञ्चालन हुनेछ । यसको ट्यागलाइन, ‘किनमेल पनि बचत पनि’ले दराज अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदामा जोड दिएको छ । ‘दराजले किनमेल मात्र नभै बचतमा पनि जोड दिन्छ, तसर्थ मासिक आम्दानी गर्नेहरूका लागि उच्चस्तरीय सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पे–डेको झट्का ग्राहकहरूको लागि एक अवसरको रूपमा अगाडि आएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरूले निःशुल्क डेलिभरी, सात सय ७७ रुपैयाँसम्मको भौचर, इ–सेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । यस्तै, मेगा गिभअवेको रूपमा ग्राहकहरूले सामसङ ग्यालेक्सी ४ प्राप्त गर्न सक्नेछन् । क्याम्पेनमा सहभागी हुन ग्राहकले दराजको वेबसाइटमा गएर वा दराज मोबाइल एप डाउनलोड गर्न सक्ने छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया