सामसङको इन्स्टा फाइनान्स सुरु
काठमाडौं । सामसङले आफ्ना उपभोक्ताका लागि शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम ‘इन्स्टा फाइनान्स’ प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी पर्ने सामसङ स्मार्ट फोन खरिद गर्ने ग्राहकका लागि लागू भएको कम्पनीले जनाएको छ ।
सामसङ नेपालले हुलास फिन सर्भ (एचएफएल)सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको हो । सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो । जसको मासिक किस्ताको ब्याजदर शून्य रहेको छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्राहकको आवश्यकता र जरुरतलाई बुझ्दै कम्पनीका उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन इन्स्टा फाइनान्स सुविद्या ल्याएको बताए । शुरुमा सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका दुई सयभन्दा धेरै सोरुममा यो सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लैजाने योजना सामसङको रहेको छ ।
यो अत्यन्त सरल, झन्झटरहित र तुरुन्तै हुने प्रक्रिया हो । यसको लागि क्रेडिट कार्डको समेत जरुरत पर्दैन । ग्राहकले केही सामान्य प्रक्रिया पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्छन् । ग्राहकहरूले आवश्यक कागजातहरू (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र)सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानुपर्नेछ । यसरी उपलब्ध गराइएका कागजाताहरू प्रमाणीकरण भएपछि ग्राहकले कानुनी कागजातहमा हस्ताक्षर गर्नुपर्नेछ । त्यसपश्चात् चाहेको स्मार्टफोन प्राप्त गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया