काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औँं वार्षिकोत्सव मनाएको छ । संस्थानले वार्षिकोत्सवको अवसरमा विभिन्न स्रष्टालाई पुरस्कारसमेत प्रदान गरेको छ ।
सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न समारोहमा वरिष्ठ गायक÷संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मानित गरिएको छ । उनलाई ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरिएको हो । सांस्कृतिक संस्थानमा महाप्रबन्धकको रूपमा रहेर उनले काम गर्नुका साथै आजीवन नेपाली संगीत क्षेत्रमा योगदान पु-याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए ।
समारोहमा सभामुख देवराज घिमिरेले तीन जना कलाकारलाई र एकजना उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरे । कार्यक्रममा सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०बाट वरिष्ठ गायक÷संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईलाई पुरस्कृत गरिएको छ । सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०बाट वरिष्ठ नृत्य कलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०बाट अभिनेत्री सुष्मा शाहीलाई पुरस्कृत गरिएको थियो । संस्थानमा रहेर लामो समय काम गरेको र सम्बन्धित विधामा निरन्तर योगदान दिएको भन्दै जनही ५१ हजार रुपैयाँसहित यी तीन कलाकारलाई पुरस्कृत गरिएको हो । यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरिएको छ ।
कार्यक्रममा सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै संरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठूलो योगदान रहेको बताए । कार्यक्रममा हिमालदेखि तराईसम्मका विविध गीत संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया