कामना सेवाको बोनस सेयर सूचीकृत
काठमाडौं । कामना सेवा विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । बैंकको २०८० साल वैशाख ३१ गते सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट सेयरधनीहरूलाई आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट चुक्ता पुँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेबमोजिम उक्त बोनस सेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरूमा एक सय ३४ वटा शाखा, एउटा विस्तारित शाखा र २१ शाखारहित बैंकिङ सेवा तथा ७६ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ मोबाइल बैंकिङ, सि आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बीमा कम्पनीमा एनएफआरएस–१७ कार्यान्वयनमा ल्याइने
- वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया