Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारझण्डै पाँच अंकले उक्लियो सेयर बजार, कमाउने भन्दा गुमाउने समुह धेरै

झण्डै पाँच अंकले उक्लियो सेयर बजार, कमाउने भन्दा गुमाउने समुह धेरै


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने चार दशमलव ७५ अंकले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३० अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । सो अनुसार ५६ हजार पाँच सय ५६ पटकको कारोबारमा ८० लाख आठ हजार दुर्ई सय ४६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक रुपैंयाँ ६० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक बढेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया