छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार
काठमाडौं । छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा एक सय ५० पुरुष र ४० महिला गरी कुल एक सय ९० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए । त्यसअघि शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट हुने भएको छ । प्रतियोगिताबाट समान १०–१० पुरुष/महिला खेलाडी फाइनल चरणका लागि छनोट हुने आयोजकले जनाएको छ । पुरुष/महिलामा एक/एक गरी दुई प्रतिस्पर्धामा खेल हुनेछ । दुवैमा फ्रिस्टायल बेस्ट रनमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव सत्य थापाले जानकारी दिए ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेस्रोपटक हो । बाँकी तीन संस्करण पोखरामा भएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया