Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको नयाँ शाखा औरहीमा

समृद्धि फाइनान्सको नयाँ शाखा औरहीमा


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले महोत्तरीको औरहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार आफ्नो १० औं शाखा औरहीमा उद्घाटन गरेको हो । औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्का र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्तरूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा, औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग वाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदीप कुमार खड्का लगायतले बैंकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना दिए । उक्त नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल १० वटा पुगेको छ । फाइनान्सले यसै हप्ता थप दुईवटा नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको जनाएको छ । फाइनान्सको आईपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरू सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जाल गायतका कर्जा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया