Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक

एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक


काठमाडौं । एनएमबी बैंकसँगको साझेदारीमार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट वी च्याट पे आधिकारिकरूपमा पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबी बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायत नेपाली र चिनियाँ अधिकारीहरूको उपस्थितिमा लेकसाइड पोखरामा एक समारोहबीच सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

उक्त उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत चेन सोङले वी च्याट पे क्युआर कोडमार्फत् स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने वी च्याट पेको सुविधा र नेपाल चीन फ्रेन्डसिपको विषयमा प्रकाश पारे । साथै, उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याटमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिकरूपमा बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने र यसले डिजिटल बैंकीङ्ग कारोवारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

यो साझेदारीले वी च्याट पे मार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरूको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो वी च्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त यस एनएमबी बैंकमार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन् । बैंकले हाल देशभर दुई सय एकवटा शाखाहरू, एक सय ३८ वटा एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया