मोदीले बाइडेनलाई दिए दशदान प्रथम महिलालाई हिरा उपहार
अमेरिका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई १० दान दिएका छन् । अमेरिका भ्रमणमा रहेका मोदीले चन्दनबाट तयार पारिएकोे शानदार बाकसमा २४ क्यारेट सुनबाट बनाइएको सिक्का उपहार दिएका हुन् । यस्तै, प्रधानमन्त्री मोदीले बाइडेनपत्नी एवं प्रथम महिला जिल बाइडेनलाई ७ दशमलव ५ क्यारेटको हरियो हिरा उपहार दिएका छन् । दशदान ८० वर्ष आठ महिनाको उमेर पूरा गरेपछि दिइन्छ ।
मोदीले बाइडेनलाई दिएको दशदानमा उपनिषद्को १० सिद्धान्तको पहिलो संस्करणको प्रतिलिपि समेत रहेको बताइएको छ । बाकसमा श्लोकसहितको ताम्रपत्र पनि थियो । यस्तै बाकसमा चाँदीको दीयो र गणेशको मूर्ति पनि राखिएको थियो । यसबाहेक सेतो तिलको दाना, चन्दनको धुलो, चाँदीको हस्तनिर्मित नरिवल, घ्यू, चामल, सख्खर, चाँदीको सिक्का र नुन पनि राखिएको थियो ।
राष्ट्रपति बाइडेनले प्रधानमन्त्री मोदीलाई २०औँ शताब्दीको सुरुमा हातले बनाइएको प्राचीन अमेरिकी बुक ग्याले दिएको समाचार माध्यमहरूले उल्लेख गरेका छन् । यस्तै प्रथम महिलाले रोबट फ्रस्र्टको संकलित कविताहरूको पहिलो संस्करणको प्रतिलिपी दिएकी थिइन् ।
अमेरिका र चीनबीच बढ्दो विवादका बीच भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणलाई लिएर विश्वभर चासोका रूपमा हेरिएको छ । अमेरिकाले भारतलाई महत्वपूर्ण साझेदारीको रूपमा लिने गर्छ । भारतीय प्रधानमन्त्री मोदीले पनि अमेरिका–चीनको तनावपूर्ण समबन्धको फाइदा उठाउँदै विश्वमञ्चमा आफ्नो प्रभाव बढाउने प्रयास गरेका छन् । मोदी तीन दिनको भ्रमणका लागि मंगलबार अमेरिका पुगेका हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया