विश्वकप छनोट:नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित
काठमाडौं, आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको छ । नेपालले जितका लागि दिएको एक सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमा पुरा गर्यो । नेदरल्यान्ड्सका लागि म्याक्स वो डाउव्ड ९० रन ,विक्रमजीत सिंह ३०,वेस्ली ब्यारेसी ३ रन,बास डे लीडेले नटआउट ४१ रन र तेजा निदामानुरुले नटआउट २ रन प्रहार गदै नेदरल्यान्ड्सलाई जित दिलाउन सफ रहे । नेपालका लागि सन्दीप लामिछाने २ विकेट र गुलशन झाले १ विकेट लिदाँ अरु कुनै पनि वलरले विकेट लिन सकेनन् ।
जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो ।नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शून्य रनमा आउट भए । आजको खेलमा नेपालका कुनै ब्याटरका बीचमा उत्कृष्ट साझेदारी हुन सकेन ।
यसैगरी सन्दीप लामिछानेले ३३ बलमा चार चौकाको सहयोगमा २७ रन बनाए भने अर्का ओपनर कुशल भूर्तेलले ४२ बलमा दुई चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्कीले ५६ बलमा एक चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।
नेदरल्यान्ड्सका लागि लगन भान विकले चार विकेट लिए भने बास डि लिड र विक्रमजित सिंहले समान दुईरदुई विकेट लिए । त्यस्तै क्लेटन प्लोयट र आर्यान दत्तले समान एकरएक विकेट झारे ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई छ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।
नेदरल्यान्ड्स जिम्बावेसँग छ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिकरुपमा सुपर सिक्समा पुगेको छ भने नेपाल सुपर सिक्सबाट बाहिरिएको छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया