Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदराष्ट्रिय स्केटबोर्डमा विजय र समीक्षालाई उपाधि

राष्ट्रिय स्केटबोर्डमा विजय र समीक्षालाई उपाधि


काठमाडौं । विजय लिम्बू र समीक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समीक्षा पहिलो भएका हुन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा वसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए । महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा तेश्रो स्थानमा रहे । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

रविभवनस्थित नाथम कलेजमा भएको प्रतियोगिताका विजेतालाई संघीय सांसद शोभिता गौतम, आयोजक संघका अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईंलगायतले एक कार्यक्रमका बीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए।

प्रतियोगिताको पुरुषतर्फ एक सय ५० तथा महिलातर्फ ४० गरी एक सय ९० खेलाडी सहभागी थिए । शुक्रबार खेलाडीको छनोट प्रतियोगिता भने सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको थियो। त्यसबाट पुरुष÷महिलामा समान १०÷१० खेलाडी फाइनल चरणलाई छनोट गरिएको थियो। काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको यो तेश्रो पटक हो । बाँकीका तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया