नेपाली पर्यटनको इतिहास र जागेको आशा
काठमाडौं । हुन त नेपालको इतिहास हेर्दा सन् १९५०/१९५१ देखि मात्रै विदेशीहरूका लागि नेपाल भ्रमण गर्नका लागि औपचारिकरूपमा खुला गरिएको हो । तथापि त्यसअघि पनि विश्वका विभिन्न देशका महाराजा, राजा, बादशाह, धार्मिक नेता, अध्ययनकर्ता, अनुसन्धानकर्ता, खोजकर्ता तथा तीर्थयात्रीहरूले नेपालको भ्रमण गरेको वा नेपाल हुँदै चीन तथा भारत जाने, आउने गरेका थिए भनी इतिहासका किताबहरूमा प्रशस्तै पढ्न पाइन्छ ।
तत्कालीन सरकारले नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्याङ्क राख्ने काम भने सन् १९६२ देखि गर्न थालेको देखिन्छ । त्यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको तथ्याङ्कअनुसार सन् १९६२ मा छ हजार एक सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको देखिन्छ । तर सो तथ्याङ्क सन् १९५०/१९५१ देखि सन् १९६२ सम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्याङ्क हो कि सन् १९६२ मा एकै वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्याङ्क हो ? विस्तृतमा अध्ययन र सोधखोज नगरी यसै भन्न सकिएन । जे भए पनि सन् १९६२ पछि चार वर्षको अन्तरालअर्थात् सन् १९६६ मा फेरि निकालिएको तथ्याङ्कमा १२ हजार पाँच सय ६७ जना पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको देखिन्छ । तर के–कति कारणले हो सन् १९६३, सन् १९६४ र सन् १९६५ मा नेपाल भ्रमण गरेका विदेशी पर्यटकको तथ्याङ्क भने उल्लेख गरिएको छैन । (तथ्याङ्क स्रोत एन्युअल स्टाटिस्टिक रिपोर्ट, सन् २००२, श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।)
यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको १० वर्षे तथ्याङ्क हेर्दा सन् २०१३ मा सात लाख ९७ हजार छ सय १६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ भने सन् २०१४ मा चाहिँ सात लाख ९० हजार एक सय १८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । त्यस्तै, सन् २०१५ मा पाँच लाख ३८ हजार नौ सय ७० जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको देखिन्छ । सन् २०१६ मा सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । त्यस्तै, गरेर सन् २०१७ मा चाहिँ नौ लाख ४० हजार दुई सय १८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । उता सन् २०१८ मा चाहिँ नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ जना पुगेको थियो भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना (१२ लाख नजिक) विदेशी पर्यटक नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । स्मरणीय के छ भने हालसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सबैभन्दा धेरै संख्या यो नै हो । तर सो संख्या विस्तारै बढ्दै जानुपर्नेमा सन् २०२०, सन् २०२१ र सन् २०२२ मा ८१ प्रतिशत, ७० प्रतिशत र ५३ प्रतिशत हाराहारीमा घट्यो । त्यसको मुख्य कारण सन् २०१९ को डिसेम्बर अन्ततिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन सुरु भएको कोरोना महमारी अर्थात् (कोभिड–१९) हो । जस्तो कि सन् २०२० मा दुई लाख ३० हजार ८५ जना, सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ जना र सन् २०२२ मा छ लाख १४ चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपालमा वि.सं. २०६२/०६३ को तेस्रो जनआन्दोलनपछि आएको राजनीतिक परिवर्तनपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढी रहेको थियो । सन् २०१५, सन् २०२०, सन् २०२१ र २०२२ मा बाहेक । त्यसो भए पनि नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रतिदिन दैनिक खर्च र प्रतिदिन प्रतिव्यक्ति नेपाल बसाइ अवधिमा चाहिँ खासै सुधार हुन सकेको थिएन, छैन । त्यसैले हामीले आगामी दिनमा विदेशी पर्यटकले नेपाल भ्रमण गर्न आउँदा गर्ने प्रतिदिन प्रतिव्यक्ति दैनिक खर्चका साथै उनीहरूको नेपाल बसाइ अवधि पनि क्रमशः बढाउँदै लानेतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । यसो भनिरहँदा सन् २०२० मा चाहिँ नेपालमा विदेशी पर्यटकले गर्ने प्रतिदिन प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाइ अवधि पनि बढेको थियो । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सन् २०२१ मा सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२०’ नामक किताबमा उल्लेख भएअनुसार यहाँ उल्लेख गर्नु पर्दाखेरि सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाइ अवधि १५ दशमलव एक दिन र प्रतिव्यक्ति प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर रहेको थियो । यो नै नेपाल घुम्न आएका विदेशी पर्यटकको हालसम्मको सबैभन्दा धेरै प्रतिदिन बसाइ अवधि र प्रतिव्यक्ति प्रतिदिन खर्च गराइको कीर्तिमान रहेको छ । स्मरण रहोस्, सन् २०२० मा जसरी नेपाल घुम्न आएका विदेशी पर्यटकहरूको प्रतिदिन बसाइ अवधि १५ दशमलव एक दिन र प्रतिव्यक्ति प्रतिदिन ६५ अमेरिकी डलर वा खर्च गरे, त्यसलाई कहिले सुधार गरेर अझ धेरै पु-याउने किनभने सन् २०२२ मा प्रतिदिन प्रतिव्यक्ति बसाइ अवधि १३ दशमलब एक दिन र प्रतिदिन प्रतिव्यक्ति खर्च गराइ ४० दशमलव पाँच अमेरिकी डलर मात्रै रहेको तथ्याङ्क आएको छ । जसलाई सुधार गरेर कम्तीमा पनि दैनिक ८०–८५ अमेरिकी डलरदेखि ९०–९५ अमेरिकी डलरसम्म पु-याउने ? सो बारेमा हामीले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया