गिलियडले पेटेन्ट अधिकार नियन्त्रण गर्दा संक्रमितहरू उच्च जोखिममा
काठमाडौं । विशाल औषधि निर्माता कम्पनी गिलियडले विभिन्न प्रकारका औषधिको पेटेन्ट अधिकार नियन्त्रणमा राखी निम्न तथा मध्यम आय भएका मुलुकका बिरामीलाई मृत्युको मुखमा पु-याउने गरेको पाइएको छ । गलियडले एचआईभी एड्स, कोभिडविरुद्धको रेमडेसभिर, हेपाटाइटीस सीलगायतका औषधिको पेटन्ट अधिकार प्रदान नगर्दा निम्न तथा मध्यम आय भएका मुलुकका बिरामीहरू मृत्युको जोखिम उठाउन बाध्य भएका छन् ।
नाफाभन्दा माथि स्वस्थ राख्नका लागि सरोकारवाला निकायले आग्रह गर्दै आए पनि कम्पनीले त्यसलाई बेवास्ता गरेको छ । गिलियड लाइन्सेसलाई यसको लोभी रणनीति रोक्न र मुनाफाभन्दा पहिले जीवनलाई राख्नका लागि दबाब बढाउन निरन्तर काम गरिरहेको एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालका प्रबन्धक दिव्यराज जोशीले बताए । शनिबार आयोजित कार्यक्रममा प्रबन्धक जोशीले गिलियडले आफ्ना औषधिमध्ये एड्स र हेपाटाइटिस सीको औषधि धेरैलाई विश्वव्यापीरूपमा तथा निम्न आय भएका मुलुकको पहुँचभन्दा बाहिर राखेको बताउँदै यसको विरोध गर्नु आवश्यक रहेको जानकारी दिए । गिलियडले निम्न आय भएका देशहरूमा केही औषधिहरू दर्ता गर्न इन्कार गर्दा बिरामीहरू समस्यामा समेत परेका छन् । जसले गर्दा एएचएफले काम गर्ने मुलुकमा गिलियडको सो कदमविरुद्ध अगामी दिनमा विरोध तथा प्रदर्शन गर्ने बताइएको छ ।
साथै, एएचएफ नेपालले गिलियडलाई एड्सको ट्वाडजस्ता औषधिको सदाबहार पेटेन्ट बन्द गर्नुपर्ने, हेपाटाइटिस सीको औषधि हार्भोनीको जेनेरिक उत्पादनको लागि निम्न तथा मध्यम आय भएका मुलुकलाई सहजै दिनुपर्ने, कोभिडविरुद्धको रेम्डेसिभिरलाई गैरनाफामूलक मूल्यमा जेनेरिक वितरणका लािग बिक्री गर्न दिनुपर्नेलगायतका माग गरेको छ । यस्तै, एएचएफ एसिया ब्युरोका प्रमुख डा चिम सरले गिलियडले आफ्नो लोभीपन, एकाधिकारवादी, नाफामूलक दृष्टिकोणबाट पछि हट्नुपर्ने बताए । उनले एचआईभी संक्रमणबाट बाँचिरहेका मानिसलाई हानि पु-याउँदै अबौं डलर कमाइ गर्दा यो अति भएको भन्दै गिलियडले सही काम गर्नुपर्ने तथा नाफामा सीमित राख्न नहुने बताए ।
प्रबन्धक जोशीले अत्यधिक प्रभावकारी हेपाटाइटिस सीको मूल्य प्रतिचक्की एक हजार अमेरिकी डलर पर्छ र १२ हप्ताको उपचारको मूल्य अमेरिकामा ९० हजार डलरभन्दा बढी रहेको बताउँदै भारतमा सोही औषधिको मूल्य प्रतिचक्की चार अमेरिकी डलर मात्र पर्छ । तर गिलियडले ५० मध्यम आय भएका मुलुकलाई छुट नदिँदा समस्या देखिएको जानकारी दिए । गिलियडले धनीका लागि मात्र औषधि बनाउने काम नगरी निम्न र मध्यम आए भएका मुलुक तथा नागरिक सम्पूर्णको जीवन रक्षा गर्नुपर्नेमा उनले जोड दिए । सन् २०२१ मा गिलियडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई मात्र १९ मिलियन डलरभन्दा बढी भुक्तानी गरेको छ भने नाफा २७ अर्ब डलरभन्दा बढी आर्जन गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया