टीभीएसको ‘नयाँ सफरविना कर अफर’ सार्वजनिक
काठमाडौं । दुईपाङ्ग्रे सवारी कम्पनी टीभीएसले नयाँ खरिदकर्तालाई लक्षित गरी ‘नयाँ सफरविना कर अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टीभीएस आफैँले तिर्नेछ ।
टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देशभित्रका सबै ठाउँ लागू गरिसकेको जानकारी दिएको छ । अब प्रयोगकर्ताहरू दुई वर्षको कर तिर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् भने आर्थिक हिसाबले पनि फाइदामा परेका छन् । यसबाहेक टीभीएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ ।
यसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ । नेपालभर १५० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन विभिन्न किसिमका अफरहरू ल्याउने गरेको छ । गुणस्तरीय उत्पादन, बिक्रीपश्चातको उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित बन्न पुगेको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया