चीनको ड्र्यागन बोट फेस्टिभलमा साढे १० करोड पर्यटक
चीन । तीनदिने ड्र्यागन बोट फेस्टिभल बिदामा चीनमा १० करोड ६० लाख बढी आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । यो संख्या गएको वर्षको तुलनामा ३२ दशमलव तीन प्रतिशतले बढी हो । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले बिहीबार देखि शनिबारसम्म चलेको बिदामा आन्तरिक पर्यटकको चाप बढेको जनाएको छ ।
यो अवधिमा पर्यटन राजस्व ३७ दशमलव ३१ अर्ब युआन (पाँच दशमलव दुई अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट वार्षिक राजस्व वृद्धि ४४ दशमलव पाँच प्रतिशत पुगेको बताइएको छ । ड्र्यागन बोट फेस्टिबल एक परम्परागत चिनियाँ छुट्टी हो । जुन चिनियाँँ चन्द्र पात्रोको पाँचौँ महिनाको पाँचौँ दिनमा हुन्छ । यो वर्ष चीनले २२ जुन (बिहीबार) देखि २४ जुन (शनिबार)सम्म तीन दिन सार्वजनिक बिदा दिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया