कोशी प्रदेशमा पाँच खर्ब ५६ अर्ब कर्जा प्रवाह
काठमाडौं,बैंक तथा वित्तीय संस्थाहरूले कोशी प्रदेशमा साढे पाँच खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी अर्धवार्षिक प्रतिवेदनमा २०७९ पुस मसान्तसम्म कोशी प्रदेशमा पाँच खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख गरेको छ ।
राष्ट्र बैंकका अनुसार क्षेत्रगत कृषि कर्जातर्फ भने कोशी प्रदेशमा २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा छ दशमलव दुई प्रतिशतले बढेर ५७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव छ प्रतिशतले बढेको थियो । २०७९ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कुल कर्जा रकम भने ५४ अर्ब ५२ करोड थियो । समीक्षा अवधिमा कोशी प्रदेशमा पाँच खर्ब ५६ अर्बबराबर कुल कर्जा प्रवाह भएकोमा कृषिक्षेत्रमा प्रवाहित कर्जाको अंश १० दशमलव चार प्रतिशत छ । २०७९ असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २०७९ पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकमा प्रवाहित कर्जामध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २७ दशमलव एक प्रतिशत छ ।
२०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित जिल्लागतरूपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १८ अर्ब २४ करोड रुपैयाँ (३१ दशमलव पाँच प्रतिशत) कर्जा प्रवाह भएको छ । यस अवधिमा सबैभन्दा कम कर्जा भने सोलुखुम्बु जिल्लामा प्रवाह भएको छ । सोलुखुम्बुमा कुल कर्जाको शून्य दशमलव छ प्रतिशत अर्थात् ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । २०७८ पुस मसान्तको तुलनामा समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ११ दशमलव एक प्रतिशतले बढेको छ भने सो अवधिमा जिल्लागतरूपमा सुनसरी जिल्लामा सबैभन्दा बढी १९ दशमलव तीन प्रतिशतले बढेको छ । ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी २० दशमलव तीन प्रतिशतले कृषि कर्जा घटेको छ ।
यसैगरी, क्षेत्रगत औद्योगिक कर्जातर्फ भने २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा कोशी प्रदेशमा प्रवाहित कुल औद्योगिक कर्जा पाँच दशमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा एक खर्ब २१ अर्ब रहेको थियो । विशेषगरी २०७९ असार मसान्तसम्म न्यून रहेको विद्युत्, ग्यास तथा पानी उत्पादन गर्ने उद्योग र धातु, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाह भएको कर्जा बढेको हुँदा समग्र औद्योगिक कर्जा बढेको देखिन्छ । २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा विद्युत्, ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाहित कर्जा सबैभन्दा उच्च दरले वृद्धि भएको छ र यसको अंश कुल औद्योगिक लगानीको दुई दशमलव तीन प्रतिशत रहेको छ । खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा कम दरले वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार औद्योगिक कर्जामध्ये सबैभन्दा ठूलो अंश गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको ४९ दशमलव छ प्रतिशत र सबैभन्दा कम अंश खानीसम्बन्धी उद्योगको एक दशमलव दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कोशी प्रदेशभित्र परिचालन गरेको निक्षेप शून्य दशमलव सात प्रतिशतले घटेर तीन खर्ब ६४ अर्ब रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कर्जा प्रवाह दुई प्रतिशतले बढेर पाँच खर्ब ५६ अर्ब रुपैयाँ पुगेको थियो । २०७९ पुस मसान्तमा कोशी प्रदेशको कर्जा निक्षेप–अनुपात एक सय ५२ दशमलव सात प्रतिशत छ । २०७९ पुस मसान्तसम्म कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६६ दशमलव छ प्रतिशत छ ।
क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 1
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया