Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमेन्छ्यायेम अस्पताललाई एम्बुलेन्स प्रदान

मेन्छ्यायेम अस्पताललाई एम्बुलेन्स प्रदान


काठमाडौं । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले तेह्रथुमको मेन्छ्यायेम अस्पताललाई सुविधायुक्त एम्बुलेन्स प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार एक कार्यक्रमका बीच प्रदेश स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश प्रमुख परशुराम खापुङका प्रमुख स्वकीय सचिव अमृत खापुङलाई चाबी तथा कागजपत्र हस्तान्तरण गरेका हुन् ।

प्रदेश प्रमुख खापुङको चासोपश्चात् प्रदेश स्वास्थ्य मन्त्रालयले सुविधायुक्त एम्बुलेन्सको व्यवस्था भएको हो । प्रदेश प्रमुखसँगको भेटमा अस्पतालमा कार्यरत नर्स सुम्निमा खापुङले एम्बुलेन्सको आवश्यकता रहेको कुरा राखेपछि प्रदेश प्रमुखले सचिवालयमार्फत मन्त्रालयमा चासो राखेको सन्देश पठाएका थिए । उक्त सन्देशप्राप्त भएपछि मन्त्रालयले तत्काल उपलब्ध गराएको हो ।

हस्तान्तरणको क्रममा मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश प्रमुखले इच्छा व्यक्त गर्नु भनेको ‘उहाँको पनि विकाससँग चासो रहेको छ’ भन्ने बुझ्नुपर्ने बताएका थिए । अस्पतालले एम्बुलेन्स उपलब्ध भएपछि गाउँमा धेरै बिरामीलाई राहत हुन सक्ने, मेन्छ्यायेम गाउँपालिकामा मात्र नभई छिमेकी पालिका र छिमेकी जिल्लालाई समेत सहयोग पुग्ने मन्त्री मेन्याङ्बोले बताए । प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालयको व्यवस्थापन गर्नुपर्ने काम रहेको बताइन् । कार्यक्रममा तेह्रथुम ‘ख’ का प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालको पनि उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया