Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान


काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत तिलोत्तमा १०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवर्द्धन र कृषकहरूलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको हो ।

एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखाका शाखा प्रबन्धक खगेन्द्र थापाद्वारा संयुक्तरूपमा उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनलाई उक्त धान रोप्ने मेसिन औपचारिकरूपमा हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिर, विभिन्न स्थानीय निकायका पदाधिकारीलगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो । उक्त धान रोप्ने मेसिन प्रयोगमा आएसँगै सो विकास समितिमा आबद्ध करिब एक सयभन्दा बढी कृषक परिवारहरू प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् ।

साथै, उक्त मेसिनको प्रयोगबाट कृषकहरूलाई धान खेतीमा प्रविधिको उच्चतम प्रयोग गरी कम लागतमा उत्पादकत्व बढाई क्रस फार्मिङ प्रविधिहरू अभ्यास गर्न मद्दत मिल्नेछ । बैंकको यो सहयोगले कृषिमा निर्भर समुदायको सशक्तीकरण र दिगो तथा आधुनिक कृषि खेती प्रविधिको प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्र्तगत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । प्रचलित कानुनको पूर्णरूपमा परिपालना गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पु-याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया