Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका ग्राहकलाई टोखा फनपार्कमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई टोखा फनपार्कमा छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रटोखास्थित केब फनपार्क प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङग्राहकलाई टोखा केब फनपार्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८४ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४१ वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदानगर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया