Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल र फोन पेको वित्तीय साक्षरता

प्राइम कमर्सियल र फोन पेको वित्तीय साक्षरता


काठमाडौं । प्राइम कमर्सियल बैंक र फोन पेको सहकार्यमा दोलखाको जिरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त सहकार्यमा जिरी नगरपालिकामा विद्युतीय वित्तीय साक्षरता कार्यक्रमअघिल्लो महिना सम्पन्न गरेको बैंकले ढिलोगरी जानकारी दिइएको छ ।

सुरक्षित एवं सहज तरिकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाको उपायहरू अवलम्बन गर्नेजस्ता विभिन्न पक्षलाई समेट्दै जिरीमा विद्यार्थी, शिक्षक तथा जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारणलाई साक्षरता कार्यक्रमको आयोजना गरिएको बैंकको भनाइ छ । प्राइम कमर्सियल बैंक लिमिटेड र फोन पेको संयुक्त आयोजना र सहकार्यमा सञ्चालित उक्त विद्युतीय वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन जिरी नगरपालिकाका नगरप्रमुख मित्रबहादुर जिरेलबाट भएको र उक्त कार्यक्रममा उपप्रमुख श्रीमती कृष्णमाया बुढाथोकी, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धुँजु, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेत, तारादल गण प्रमुख शेरबहादुर बस्नेत, बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ, सहायक महाप्रबन्धक सुरेशमान सिंह, फोन पे चिफ बिजनेस अफिसर सुमित दास, तथा बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया