मोतियाबिन्दुको निःशुल्क शल्यक्रियापछि फेरियो दैनिकी
काठमाडौं । आँखामा जन्मजात मोतियाबिन्दुको समस्या भएका कारण टाढाको वस्तु देख्न र पढ्न नसक्ने रतुवामाई नगरपालिका मोरङका १० वर्षीय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । नेपाल नेत्रज्योति संघको पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालले उनको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएपछि दैनिकीसमेत फेरिएको हो ।
मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागर हाल सबै कुरा प्रस्ट देख्न थालेका छन् । सामान्य कृषि पेसामा आबद्ध उनको परिवारलाई उनको आँखामा समस्या देखिएपछि उनको कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो । तर अस्पताल आएर सबैकुरा बताएपछि अस्पतालले नै उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो । सीबीएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रमअन्तर्गतको विद्यालय आँखा र कान जाँचमा आँखा परीक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिई त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न भने । अरू दिनजस्तै सागर घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । ‘रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौं’ सागरको आमाले भनिन्, “हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको अप्रेसन गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो । तर अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया निःशुल्कमा हुन्छ भनेपछि भगवान् नै पाएजस्तो भयो ।’
‘उसको आँखामा जन्मजात मोतियाबिन्दु भएकाले उसलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहा नै थिएन जसका कारण उसलाई मेरा आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाहा हुने पनि कुरै भएन’ नेत्र विशेषज्ञ डा पवन श्रेष्ठले भने, ‘यही कारणले हो नियमित रूपमा आँखाको परीक्षण गर्नुपर्छ भनेको कतिपय समस्याहरू यो समस्या हो भन्ने थाहा नपाएर नै बिरामीहरूले समस्यालाई झेलिरहेका छन् ।’
अस्पतालको मेडिकल डाइरेक्टर डा रक्षा पन्त सिटौलाले कुनै पनि नागरिकहरू उपचारबाट बञ्चित हुनु नपरोस् भनेर अस्पतालले विभिन्न संघ संस्था र निकायसँगको सहकार्यमा विभिन्न ठाउँहरूमा निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको बताइन् । अस्पताल आउने बिरामीहरू पनि आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुनुनपर्ने उनको भनाइ छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया