समृद्धि फाइनान्सको ११ औं शाखा कसहामा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा आफ्नो ११ औं शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतो रसंस्थाका सञ्चालक दुर्गा थापाले संयुक्तरूपमा गरेका हुन् ।
कार्यक्रममा प्रमुख महतोले आफ्नो नगरपालिकाको विकासशील बजारको रूपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नरहेको अवस्थामा यहाँको जनताले दुःख र असहजता भोग्दै आएकोमा अब बैंकिङ सेवासुविधाको लागि गोलबजार र धनगढी बजार जानुपर्ने दुःखबाट मुक्त भएकोमा सम्पूर्ण जनतालाई बधाई दिँदै आफ्नो शाखा विस्तार यहाँ गरिदिएकोमा संस्थालाई सम्पूर्ण नगरवासीको तर्फबाट धन्यवाद प्रकट गरे ।
कार्यक्रममा धनगढीमाई नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, कसहा बजार समितिका अध्यक्षलगायत अन्य व्यवसायीले समेत आफ्नो कुरा राख्दै अन्य विभिन्न बैंक तथा वित्तीय संस्थालाई शाखा खोल्न अनुरोध गर्दासमेत बेवास्ता गरिदिनाले अहिलेसम्म यहाँका कृषक, व्यवसायी, कर्मचारी, विद्यार्थी तथा अन्य जनताले समेत दुःख पाइरहेको गुनासो गर्दै यहाँको जनताको आर्थिक उन्नतिको लागि आफ्नो शाखा विस्तार गरिदिएकोमा हर्षित हुँदै धन्यवाद प्रकट गरे ।
संस्थाको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी गराएका थिए । नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल ११ वटा पुगेको छ ।संस्थाको निःशुल्क मोबाइल बैकिङ, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिट्यान्स, आईपीएस, कनेक्ट आईपीएस, क्लियरिङ, आरटीजीएएसलगायतका सेवाहरू सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया