चीनको बजेटघाटा तीन सय ६७ बिलियन डलर
चीन । चीनको राष्ट्रिय लेखापरीक्षण कार्यालयले सन् २०२२ को अर्थतन्त्रको जाँच प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले दुई दशमलव ६५ ट्रिलियन युआन अर्थात् तीन सय ६७ बिलियन अमेरिकी डलरको बजेट घाटा भएको उल्लेख गरेको छ । यस्तै, चीन सरकारले खाद्य सुरक्षा, ऊर्जा सुरक्षा र आपूर्ति श्रृङ्खला विकासजस्ता क्षेत्रमा छ सय ४० अर्ब युआन लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले सन् २०२२ मा केन्द्रीय विभागहरूको समग्र बजेट कार्यान्वयन अपेक्षाकृत समानुपातिक रहेको देखाएको छ । यद्यपि विभागीय अधिकारको उल्लंघन वा गैरकानुनी नाफाका लागि औद्योगिक स्रोतहरू र सम्बन्धित विभागहरूबीच शुल्क माग्नेजस्ता मुद्दाहरू पहिचान गरेको छ । यस्ता क्रियाकलाममा कुल रकम छ सय १९ मिलियन युआन रहेको प्रतिवेदनमा देखाइएकोे छ ।
प्रतिवेदनले स्थानीय उद्यमबाट हुने दुरुपयोगको बारे पनि पहिचान गरेको छ । लेखापरीक्षण कार्यालयले लेखापरीक्षणमा कुनै किसिमको अनियमितता वा गैरकानुनी व्यवहार देखिएमा सम्बन्धित निकायबाट थप अनुसन्धान गरी त्यसलाई सच्याउने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया