Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठगीको आरोपमा सिर्जना खड्का पक्राउ

ठगीको आरोपमा सिर्जना खड्का पक्राउ


बारा । हेटौंडा, वीरगञ्ज, सिमरा, जीतपुर, पथलैया लगायतका क्षेत्रमा दर्जनौं व्यवसायी, औद्योगिक करिडोरमा कार्यरत मजदुर तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी सिर्जना खड्काले ठगेको पाइएको छ । व्याजको लोभ देखाएर दर्जनौं व्यक्तिहरुसँग लाखौं रुपैयाँ उठाएर खड्काले रकम अपचलन गरेको बताइएको छ ।

खड्काले व्यक्तिगत समस्या देखाएर ललाई फकाई केही दिनका लागि भन्दै सस्तो ब्याजमा रकम लिने र मिटरब्याजमा लगानी गर्दै आएकी पीडितहरुले बताएका छन् । पछिल्लो समय निजगढ नगरपालिका वडा नं. ८ का सुजित घिसिङले खड्कालाई २० लाखको चेक बाउन्स गरेका थिए । त्यसपछि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमार्फत पक्राउ आदेश ल्याएर प्रहरीले गत साता खड्कालाई पक्राउ गरेको हो ।

घिसिङ्गले सुरुमा आफ्नो बहिनीमार्फत खड्कालाई चिनेको र सापटको रुपमा केही रकम दिएको बताए । ‘सुरुमा त मैले सापटको रुपमा दिएको हो, पछि उनले प्रभावमा पार्न ब्याज थपेर दिइन् । दोस्रो, तेस्रो पटकमा सामान्य गाउँघरमा चलेको ब्याज आउँछ भने ठिकै छ नि भनेर रकम दिएँ तर त्यो रकम फिर्ता आएन, पूरै डुबियो,’ घिसिङ्गले भने ।

‘हामीसँग को बिरामी भयो, अर्जेन्ट छ भनेर फकाएर पैसा माग्थिन्, हामीले पनि विश्वास ग¥यौँ । पछि थाहा भयो, हामीजस्तै धेरै मान्छेसँग उनको लेनदेनको सञ्जाल रहेछ । आज आएर सबै थाहा हुँदैछ,’ घिसिङ्गले भने । जेठ ११ गतेको महालक्ष्मी विकास बैंक सिमरा शाखाको चेक बाउन्स गरेका घिसिङ्गसँग खड्काले दिएको अर्को ४५ लाखको चेक समेत छ ।

धेरै वर्ष कोरिया बसेर आएका घिसिङ्गसँग पैसा भएको थाहा पाएपछि खड्का दैनिक उनको घरमा जाने, अर्जेन्ट समस्या छ भनेर पैसाका लागि फकाउने गरेको पीडितको भनाइ छ । ‘अहिले कारोबार बिग्रिएर सबै डामाडोल भएको छ, घर लिलाम हुने अवस्थामा छ, भएको २(४ पैसा पनि ब्याज तिर्दैमा ठिक्क छ ।’ उनले भने ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया