हलेसीका कृषकलाई बाख्रा वितरण
खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई बोयर जातका बोका र बाख्रा वितरण गरेको छ । कृषकको आम्दानी वृद्धि गर्न नगरपालिकाले उन्नत जातको ४३ वटा बोका तथा बाख्रा वितरण गरेको हो ।
स्वास्थ्य अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ वटाभन्दा धेरै बाख्रा भएको कृषकलाई वितरण गरिएको मेयर विमला राईले जानकारी दिइन् । बाहुनीडाडामा ८, डिकुवा ४, च्यास्मीटारमा ३, बडहरेमा ३, दुर्छिममा ७, मंगलटारमा ३, महादेवस्थानमा २, धितुङमा ४, अर्खौलेमा ४, राजापानीमा पाँचवटा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिकस्तर उकास्नका लागि वैदेशिक रोजगारीमा जाने युवाहरूको जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक पशुपालन तथा कृषिमा नगरपालिकाले लगानी गरेको उपमेयर रमेश कुमार राउतले बताए । नगरपालिकाले अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसीका युवाहरू व्यावसायिक पशुपालनमा जुटेको स्थानीय बताउँछन् । बाख्रापालनबाट पालिकालाई मासुमा समेत आत्मनिर्भर बनाउन सकिने भएकाले यसबारेमा आगामी वर्षसमेत थप योजना तथा कार्यक्रम ल्याउने नगरपालिकाले बताएको छ । अनुदानमा बोका तथा बाख्रा प्राप्त गरेसँगै किसानहरू उत्साहित बनेका छन् । स्थानीय सरकारले उपलब्ध गराएको अनुदानलाई मर्न नदिने लाभग्राहीहरूले प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया