Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबैतेश्वरका किसानलाई हाते ट्र्याक्टर

बैतेश्वरका किसानलाई हाते ट्र्याक्टर


दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ । पालिकाले तीनवटा वडामा छवटा हाते ट्र्याक्टर वितरण गरेको हो । लम्पी स्किन रोगले किसानले पालेका गोरु मर्ने तथा बिरामी हुने गरेपछि रोपाइँ गर्न समस्या नहोस् भनेर ट्याक्टर वितरण गरिएको पालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।

उनका अनुसार रोगले मुख्य प्रभावित गाउँ तथा वडाको अनुगमन गरी पहिलो चरणमा तत्कालका लागि वडा १, ७ र ८ मा गरी छवटा ट्र्याक्टर वितरण गरिएको हो । आगामी दिनमा पनि ट्र्याक्टर वितरण कार्यलाई निरन्तरता दिने उनले बताए । अध्यक्ष लामाका अनुसार पालिकामा महामारीको रूपमा फैलिएको लम्पी स्किन नियन्त्रण गर्न खोप र औषधि वितरण गर्नलाई दुई लाख रुपैयाँसमेत छुट्याएको छ । तर, यो रकम खोप र औषधिका लागि पर्याप्त नहुने उनले बताए । बैतेश्वर हालसम्म १५ सय ४० वटा गाईगोरु र भैँसीमा लम्पी स्किन रोग संक्रमण भएको छ भने सातवटा पशु मरेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया