लगातारको वर्षाले हिउँदे बाली भित्र्याउन समस्या
सुवास बस्नेत
दोलखा, वैशाख १६
दोलखा जिल्लाका तल्लो भेगमा यो समय हिउँदमा लगाएको बाली भित्र्याउने सिजन चलेको छ । जिल्लाको वेशी फाँटमा हिउँदमा लगाएको गहुँ र आलु बाली थनक्याउने समयमा विगत केही दिनदेखि नियमित परेको वर्षाले किसानले बाली भित्र्याउन सकिरहेका छैनन् । पछिल्लो एक हप्तादेखि मौसममा परिवर्तन आएसँगै किसानलाई पाकेको बाली भित्र्याउन समस्या परेको हो । निरन्तरको वर्षाले खेतबारीमा आलु कुहिन थलेको किसानहरूले गुनासो गरेका छन् ।
जिल्लाको बैतेश्वर गाउँपालिका नाम्दुका किसान नवराज शिवाकोटीले झरीले आलु खन्न तथा गहुँ सुकाउन नदिएको बताए । उनले दुई रोपनी खेतमा आलु लगाएका छन् । ‘बिहानदेखि नै साउनभदौको जस्तै गरी झरी पर्छ, पानी पर्दा आलु खन्न सकिँदैन । मौसम सफा हुने छाटकाँट छैन’, उनले भने । साथै गहँु काट्न र काटेर राखेको गहुँ सुकाउन नपाएको उनको भनाइ छ । ‘वर्षभरि दुःख गरेर खेती ग-यो, थन्क्याउने बेलामा मौसमले साथ दिँदैन’, उनले दुखेसो पोखे । बैतेश्वर गाउँपालिकामा हिउँदे खेतीको रूपमा गहुँ र आलु खेती गरिन्छ । यहाँ जिल्लाकै सबैभन्दा बढी गहुँ उत्पादन हुँदै आएको छ ।
पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेका अनुसार बैतेश्वर गाउँपालिकामा करिब दुई हजार टनभन्दा बढी गहुँ उत्पादन हुँदै आएको छ । किसानले मंसिर र पुस महिना गहुँ र आलु खेती लगाउने गर्छन् । बैतेश्वरमा करिब आधा दर्जन गहुँ उत्पादन हुने वेशी खेत रहेको पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेले जनाएको छ । बाली अनुसन्धान केन्द्रका अनुसार यहाँका किसानले धान, गहुँ, मकै र कोदो खेती गर्ने गर्छन् । धेरै जसो किसानले यो समय गहुँ काटेर खेतमा मकै लगाउने गर्छन् । साथै असार र साउनमा मकै काटेर धान खेती लगाउने गरेका छन् ।
एक वर्षमा तीन बाली लगाउने किसानलाई अहिले वर्षको पहिलो बाली नै भित्र्याउन समस्या भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर चार जिलु वेशीका किसानलाई पनि यो समय परेको पानीले गहुँ भित्र्याउन समस्या भएको छ । यहाँका कृषकले गत वर्षहरूमा यस समयमा गहुँ भित्र्याएर बजारमा बिक्री समेत गर्न थालिसकेका हुन्थे । तर, यो वर्ष नियमित परेको पानी र एक महिनादेखि चलेको लकडाउनका कारण गहुँ भित्र्याउन समस्या भएको जिलुका किसान छविन्द्र चौलागाईंले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया