सूर्यदर्शन सहकारी ठगी प्रकरण : महेन्द्र भोटे र भविश्वर अर्याल अदालतमा
पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अरोप लागेका शिबबहादुर गुरुङ (महेन्द्र भोटे) अदालतमा उपस्थित भएका छन् । उनी कानून व्यवसायीसहित कास्की जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
गुरुङको साथमा सहकारीका आइटी प्रमुख भविश्वर अर्याल पनि सहभागी भएका छन् । उनीहरु विरुद्ध अहिले थुनछेक बहस जारी छ । कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले गुरुङ र अर्याल आफै अदालत उपस्थित भएको बताए । अबको बाँकी कुरा अदालतको भएको उनले बताए । सहकारीका अध्यक्ष जिबी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् ।
यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया