पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी
गण्डकी । पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजना सञ्चालन हुने प्रदर्शनी आगामी आइतबारसम्म चल्ने छ ।
प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्धक रहेको उक्त प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शनी कक्ष रहने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार एक हजारभन्दा बढी प्रकारका उपकरण तथा प्रविधिका सामग्रीे प्रदर्शनीमा राखिनेछ । उनले भने, ‘विदेशी उत्पादक कम्पनीले पनि प्रदर्शनीमा भाग लिँदैछन् । व्यवसायी तथा किसानलाई कृषियन्त्र, उपकरणबारे जानकारी दिनुका साथै बिक्रीको पनि प्रबन्ध गरिएको छ ।’
पोखरा प्रदर्शनी केन्द्रमा हुने सो प्रदर्शनीमा पोखरा महानगरपालिकाले अनुदानमा आफ्ना किसानलाई कृषि उपकरण र सामग्री वितरणसमेन गर्ने भएको छ । राससले जनाएनुसार महानगरको कृषि व्यवसाय प्रवद्र्धन समितिको बिहीबार बसेको बैठकले प्रदर्शनीको अवसर पारेर एक सय १६ मिनिटिलर, तीन सय ८५ प्लाष्टिकलगायत सामग्री वितरण गर्ने निर्णय गरेको महाशाखा प्रमुख कडरियाले बताए ।
पोखरामा पहिलोपटक आयोजना हुन लागेको कृषि यान्त्रीकरण प्रदर्शनीबाट यस क्षेत्रका किसानले प्रत्यक्ष लाभ लिने उनको भनाइ छ । ‘कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रीकरणलाई अवलम्बन गर्न यो प्रदर्शनीले किसानलाई प्रेरित गर्छ, नयाँनयाँ प्रविधिबारे किसानले सिक्ने र बुझ्ने अवसर पनि पाउँछन् ।’, महाशाखा प्रमुख कडरियाले भने ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया