सहकारीका सञ्चालकलाई इमान्दार बन्न सुझाव
ललितपुर । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरूले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरू संकटमा नपर्ने बताएका छन् । ललितपुरको पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै कार्यकारी प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।
उनले हाल संकटग्रस्त देखिएका सहकारी संस्थाहरूबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए । सञ्चालक इमान्दार हुने हो भने कुनै पनि सहकारी संस्था संकटमा नपर्ने पनि शाक्यको भनाइ छ । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्थामार्पmत् डुबेको जनताको रकम फिर्ता गराउन सरकारलाई गम्भीरता देखाउन आग्रह गरे । साधारणसभाले व्यवस्थापक करुणा राजभण्डारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मुकुन्द महर्जनले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया