प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीमा ५५ लाखको कारोबार
पोखरा । पोखरामा आयोजित प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीमा ५५ लाखको कारोबार भएको छ भने ३० हजार दर्शकले अवलोकन गरेका छन् । साथै ६ करोड बराबरको कृषि सामाग्री बुकिंग भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घले कृषि यान्त्रिकरण प्रदर्शनी आयोजना गरेको थियो ।
कूल ६० कम्पनीले ७० वटा स्टल प्रदर्शनीमा राखेका थिए । उक्त ७० स्टलमध्ये ९ वटा मेडइन नेपाल पभेलियन अन्तर्गत थियो भने १५ वटा रैथाने बालीको स्टल थियो । यस्तै दुई वटा विदेशी स्टल पनि रहेको थियो । प्रदर्शनीमा १० भन्दा बढी मुलुकका एक हजारभन्दा बढी प्रकारका कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरू अवलोकन तथा खरिदका लागि राखिएका थिए ।
कार्यक्रम सोचेजतिकै भव्य भएको संघका अध्यक्ष कृष्ण शर्माले बताए। अध्यक्ष शर्माका अनुसार कृषि यान्त्रिकरणको प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलो पटक प्रदेशस्तरमा प्रदर्शनी गरिएको हो । यसअघि हरेक दुई वर्षमा यस किसिमको प्रदर्शनी हुँदै आएको थियो ।
संघका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार मेसिनरी प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले पनि आयोजकको रूपमा साथ दिएका थिए ।
समापन कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आवश्यकता अनुसार कृषिको क्षेत्रमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । कृषि भनेको कहिले पनि नहराउने पेशा भएका कारण यसलाई विकास गर्नका निम्ति निरन्तर काम गरिरहनु पर्ने उनले बताए ।
‘कृषि भनेको सधैँ रहिरहने पेशा हो, यसलाई निरन्तर रूपमा विकास गर्दै लैजानुपर्छ’, उनले भने । यो विषयलाई हरेक पालिकाले मनन गरेर एक वडा, एक योजना अनुरूप काम गर्दै आएको उनले बताए । आजसम्म गरेका प्रयासलाई निरन्तरता दिँदै आगामी दिनमा आवश्यकता अनुसार कृषि क्षेत्रका लागि बजेट विनियोजन गर्दै जाने मेयर आचार्यले बताए ।
संघका सचिव गौरव श्रेष्ठले कार्यक्रम निकै नै उत्साहजनक रहेको भन्दै सोचेजस्तै कार्यक्रमको मुख्य आकर्षण स्वदेशी उत्पादनहरू नै रहेको बताए । उनले मिनि ट्रयाक्टर, कुल रुम, टेलर मसिनलगायतका सामग्रीहरू कार्यक्रमको मुख्य आकर्षण भएको बताए ।
प्रदर्शनीमा मेड इन नेपाल स्टलसँगै कृषि यान्त्रिकरण प्रवर्द्धनसम्बन्धी गोष्ठी र सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षणसम्बन्धी छलफल तथा अन्तरक्रिया भएका छन् ।
एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरू तथा सेवाहरूको बारे जानकारी गराउन यो प्रदर्शनी आयोजना फलदायी भएको आयोजकको निष्कर्ष छ। संघका अनुसार दोस्रो प्रदेशस्तरको कृषि यान्त्रिकरण प्रदर्शनी मधेश प्रदेशमा गरिने छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया