ललितपुरका सहकारीमा कोर बैंकिङ प्रणाली प्रयोग गर्ने सम्झौता
काठमाडौं । सहकारी संस्थालाई सफ्टवेयरलगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच कोर बैकिङ प्रणाली (इन्फिनिटी) प्रयोग गर्ने समझदारी भएको छ ।
लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिशकुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा ललितपुर जिल्ला संघका कोषाध्यक्ष वसन्त मालीले खुसी व्यक्त गरेका छन् ।
ललितपुर जिल्ला संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भीम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवम् स्वचालित बनाउने बताएका छन् । इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिशकुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोशेढुङ्गा सावित हुने आशा व्यक्त गरेका छन् । साथै, आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरूसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।
कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भीम खड्का, इन्फोडेभलपर्सका तर्फबाट सेल्स अफिसर श्रीधन डंगोलको समेत उपस्थिति थियो । सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि, सहकारी र बैंक तथा वित्तीय संस्थाहरूको लागि कोर बैकिङ प्रणाली, मोबाइल बैकिङ तथा स्वचालित कार्यालय सञ्चालन प्रणाली विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । इन्फिनिटी सहकारीका लागि कोर बैंकिङ प्रणाली (सिबिएस) हो जसले सहकारीहरूलाई प्रविधिमैत्री बनाउन सहयोग गर्छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरूको लागि विभिन्न परियोजना, प्रोडक्ट र सेवा दिने इन्फोडेभलपर्समा तीन सय ५० बढी कर्मचारीहरूले इन्फोडेभलपर्समा काम गरिरहेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया