Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई आत्मनिर्भर बनाउन कृषि सामग्री वितरण

किसानलाई आत्मनिर्भर बनाउन कृषि सामग्री वितरण


सुबास बस्नेत
दोलखा, जेठ २५
दोलखाको मेलुङ गाउँपालिकामा रहेको गाउँघर साना किसान सहकारी संस्थाले लकडाउनले प्रभावित बनेका तथा आर्थिक संकटमा परेका किसानलाई विभिन्न किसिमका कृषि सामग्री वितरण गरेको छ । गाउँघर साना किसान सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा आफनो कार्यक्षेत्रभित्र रहेका १ सय जना किसानलाई टनेल वितरण गरेको हो ।

दोलखाको मेलुङ गाउँपालिकामा वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको सहकारीले आफ्ना सेयर सदस्यलाई बिहीबार विभिन्न किसिमका ६ लाख बराबरको कृषि सामग्री वितरण हो । किसानलाई कृषि सामग्री वितरण गर्दै गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले पालिकाले जनतालाई कृषिमा निर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको बताए ।

किसानलाई काम गर्न आग्रह गर्दै किसानलाई पालिकाले सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए । विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्न पालिकाका प्रमुख श्रेष्ठले आग्रह गरे । सहकारीले किसानकोे माग अनुसार कृषि सामान वितरण गरेको सहकारीका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिए ।

सहकारी स्थापना भएदेखि छ करोडभन्दा माथिको कारोबार गरेको अध्यक्ष पोखरेलले बताए । सहकारीले किसानको व्यवसायअनुसारको ४ प्रतिशतदेखि १५ प्रतिशतसम्मको ब्याजदरमा विभिन्न कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले १९ जना युवाहरुलाई इजरायलमा कृषि तालिममा पठाएको उनले जानकारी दिए ।

संस्थाले तीन सय जनाभन्दा बढी सदस्यहरुलाई सिलाइ कटाइ, कम्प्युटर तालिम, सिकर्मी, तालिम, डकर्मी तालिम र कृषि तालिम उपलब्ध गराएको संस्थाका भुपा चापागाईंले जानकारी दिए । लकडाउनको समयमा समेत संस्था सञ्चालन गर्दै दुग्ध डेरी समेत सञ्चालन गरिराखेको चापागाईंले बताए । अमेरिकी फौजी किरा नियन्त्रण गर्न सहकारीले प्राविधिक राखेर फौजी रोकथाम गराइरहेको सहकारीले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x